
आउदो जेष्ठ १९ र २० गते नेपालमा पहिलो पटक मोजिल्ला नेपाल र विभिन्न खुल्ला समुदायसँगको सहकार्यमा मोजिल्ला ग्लोबल स्प्रिन्ट २०१७ काठमाडौंमा आयोजना हुनेभएको छ। ग्लोबल स्प्रिन्ट मोजिल्लाद्वारा आयोजना गरिने दुई दिने विश्वव्यापी कार्यक्रम हो। यो नेपाल सहित विश्वको धेरै देशहरूमा आयोजनाहुँदै छ।
यो दुई दिने कार्यक्रममा विद्यार्थी, वैज्ञानिक, शिक्षक, कलाकार, ईन्जिनियर र अरु विभिन्न क्षेत्रका मान्छेहरु कार्यक्रम स्थानमै वा अनलाइन भेला भई रमाइलो साथै खुल्ला इन्टरनेटको लागि नयाँ नयाँ परियोजनाहरूको निर्माण गर्छन्। विद्यार्थी, डिजाइनर, विकासकर्ता, अनुसन्धानकर्ता, प्रोग्रामर आदि सबै जाना यस मोजिल्ला ग्लोबल स्प्रिन्टमा सामेल हुन सक्नेछन्।
तपाईंसँग नयाँ वा राम्ररी स्थापित कुनै पनि किसिमको खुल्ल परियोजना छ भने, तपाईंले ग्लोबल स्प्रिन्टमा ति परियोजनाहरुको प्रस्तुति दिएर आवश्यक मद्दत र योगदान सहभागीहरूसँग माग्न सक्नुहुन्छ। योगदानहरु कोड, सामग्री, डिजाइन, सम्पादन, लेखन, परीक्षण, सल्लाह, आदि जे पनि हुन सक्छ तर ती परियोजनाहरू खुल्ला सफ्टवेयरको परिभासा अन्तर्गत पर्नु पर्दछ जो, संसारभरि जहाँसुकै भएको मानिसहरूले प्रयोग, पुनः प्रयोग र पुनः वितरण गर्न सक्छन।
यस वर्ष मोजिल्ला ग्लोबल स्प्रिन्टमा पाँच फरक तर प्रमुख मुद्दाहरुमा ध्यान दीइदै छ। खुल्ला नवाचार, गोपनीयता र सुरक्षा, डिजिटल समावेशता, वेब साक्षरता र ईन्टरनेट दीसेन्त्रिलैज ती पाँच प्रमुख मुद्दाहरु हो। यो मुद्दाहरुले सबैका लागि खुला र पारदर्शी इन्टरनेटको सिर्जना गर्न मद्दत गर्नेछ। काठमाडौंमा पनि ३० भन्दा बढी सहभागी विभिन्न फरक विषयहरूमा मिलेर काम गर्नेछ।
ग्लोबल स्प्रिन्टमा कोडिङ सँग फरक विषय मा प्रस्तुति पनि हुनेछ। जहाँ परियोजना नेतृत्वहले आफ्नो परियोजना बारे प्रस्तुत गर्नेछन र विश्वभरिका भइरहेको ग्लोबल स्प्रिन्टको प्रत्यक्ष प्रसारण पनि देखाइने छ। मोजिल्ला ग्लोबल स्प्रिन्ट २०१७ रियल टाईम सोलुसन्स, धोबिघाट, ललितपुरमा आयोजना हुँदै छ।