Poetry
[Poem] रक्सीको सम्झना आउँछ
जब रगतको सट्टा शरीरको नसामा रक्सी बगन थालछ।
तब आफुले सामना गरको कठिनाइको सम्झना आउँछ।
तब आफुले हासिल गर्न बाँकी सपनाको सम्झना आउँछ।
जब आफुले सोचेको सपना प्राप्त हुन सुरु गर्छ।
तब आफुले जीवनमा गुमाएको मानिसको सम्झना आउँछ।
तब आफुलाई उनीले दिने प्रेमको सम्झना आउँछ।
जब आफुन मनले जीवनको नयाँ कथा तयार गर्न सुरु गर्छ।
तब त्यो कथाको भागहरु आधी हुने डरको सम्झना आउँछ।
तब त्यो गोरेटोमा बिशेष कोही छुटिनी डरको सम्झना आउँछ।
जब जिन्दगीमा…………………
त्यसपछि फेरि रक्सीको काम आउँछ।
जीवन चलाउन, बाँच्न सेकाउन, खुशी बनाउन सबै काम आउँछ।